दफा ४१
कोष सम्बन्धी व्यवस्था
(१) बोर्डको कोषमा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम प्राप्त हुने रकमका अतिरिक्त यस ऐन बमोजिम बोर्डलाई प्राप्त हुने देहाय बमोजिमका रकमहरु रहनेछन्ः–
(क) निवेदन शुल्क बापतको रकम,
(ख) अनुमतिपत्र दस्तुर बापतको रकम,
(ग) अनुमतिपत्र नवीकरण दस्तुर बापतको रकम,
(घ) जरिबाना बापतको रकम, र
(ङ) ऐन बमोजिम प्राप्त हुने अन्य कुनै रकम ।
(२) उपदफा (१) बमोजिम कोषमा प्राप्त रकमको उपयोग, त्यसको लेखा तथा लेखापरीक्षण सम्बन्धी व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।